टोटनह्याममाथि चेल्सी २-० ले विजयी

Image

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा ट्रेभोह चालोबाह र निकोलस ज्याक्सनले एक एक गोल गरेका थिए । यो जितपछि चेल्सीको ३४ खेलमा ५१ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।

त्यसैगरी टोटनहामको भने ३४ खेलमा ६० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

चेल्सीको जितमा ट्रेभो चालोबा र निकोलस ज्याक्सनले गोल गरे। खेलको २४औँ मिनेटमै कोनोर गाल्लाघेरको पासमा ट्रेभोले गोल गरेका थिए। ७२औँ मिनेटमा निकोलसले गोल गर्दै चेल्सीलाई जितसँगै एक अंक तालिकामा एक स्थान माथि चढाए।