सन्दीप लामिछानेको मुद्दामा बहस सकियो

Image

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।

उच्च अदालत पाटनमा न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बहस सकिएको हो । सन्दीपको मुद्दामा आजै फैसला सुनाउने अदालतको तयारी छ ।

यो पनि : सन्दीप लामिछानेको मुद्दाको बहस सकियो, न्यायाधीशले मगाए सिसिटिभी फुटेज

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ । दुवै पक्षका वकिलको बहस साथै जवाफी बहस भर्खरै सकिएको छ । फैसलाअघि न्यायाधीशले होटलको सीसीटीभी फुटेज हेर्ने बताएका छन् ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा हिजोदेखि मुद्दाको सुनुवाइ भइरहेको छ । हिजो गौशाला २६ का निजी वकिलहरूले बहस गर्दागर्दै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

आज ११ बाट बहस सुरू भयो । दुवै पक्षलाई डेढ घन्टा समय दिइएको थियो । त्यसअनुसार गौशाला २६ का वकिलहरूले खाजा समय अगाडि बहस गरे । सन्दीपका प्रमुख वकिल सरोज घिमिरे र सविता भण्डारीले जवाफी बहस गरे । बहस टुंगिएसँगै न्यायाधीशले सीसीटीभी फुटेज हेर्न खोजेका हुन् । त्यसपछि फैसला आउनेछ ।