टी-२० विश्वकप : अमेरिकाविरुद्ध क्यानडाका यी दुई ब्याट्सम्यानले बनाए अर्धशतक

Image

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अमेरिकाविरुद्ध क्यानडाका दुई ब्याट्सम्यानले अर्धशतक बनाएका छन्। अहिले जारी आयोजक अमेरिका र क्यानडाबिचको खेलमा टस हारेर सुरुमा ब्याटिङ गरेको क्यानडाका दुई ब्याट्सम्यानले अर्धशतक बनाएका हुन्।

क्यानडाका ओपनर नवनीत धालिवालले ३६ बलमा ५० रन पुरा गरे। यो टी-२० विश्वकप २०२४ को पहिलो अर्धशतक हो। ४४ बल खेलेका उनले ६ छौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए। उनलाई अमेरिकाका आरोन जानसनको बलमा जसदीप सिंहले क्याच आउट गरे।

त्यसैगरी क्यानडाका अर्का ब्याट्सम्यान निकोलस किर्टनले २९ बलमा अर्धशतक बनाए। उनले ५० रन पूरा गर्न तीन छौका र दुई छक्का प्रहार गरे। उनी ३१ बल खेल्दै ५१ रनमा आउट भए। उनलाई अली खानको बलमा अमेरिकी विकेट किपर एन्ड्रिज गौसले क्याच गरेका हुन्।