क्रिकेट खेलाडीलाई युरो पेन्ट्सको प्रोत्साहन, प्रतिरन ३००, प्रतिविकेट ३ हजार पुरस्कार

Image

काठमाडौँ । जगन्नाथ ग्रुप अन्तर्गतको युरो पेन्ट्सले टी–२० विश्वकप खेल्न लागेको नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहन स्वरूप पुरस्कारको घोषणा गरेको छ ।

जसअनुसार खेलाडीले प्रतिरन ३०० रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रत्येक चौकामा १ हजार, छक्कामा ३ हजार तथा अर्ध सतकमा ५० हजार र शतकमा १ लाख पुरस्कार दिने कम्पनीले घोषणा गरेको छ ।

यस्तै विकेट लिएको खण्डमा प्रतिविकेट ३ हजार रुपैयाँ खेलाडीले पुरस्कार पाउनेछन् । कम्पनीका प्रबन्ध निर्देशक केल्बिन शर्माका अनुसार अमेरिका र वेस्ट इन्डिज आयोजित विश्वकपमा सहभागी टोलीको प्रोत्साहनका लागि क्यानलाई १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।

यसबाहेक नेपाली टोली सुपर ८ मा पुगेको खण्डमा २ लाख, सेमिफाइनलमा पुगेमा ५ लाख, फाइनलमा पुगेमा ७ लाख र विश्वकपमै जितेको खण्डमा १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा पनि कम्पनीले गरेको छ । विश्वकप अन्तरगत नेपालले पहिलो खेल मंगलबार नेदरल्याड्सविरुद्ध खेल्दै छ ।

जगन्नाथ ग्रुप अफ इन्डष्ट्रिजले युरो पेन्ट्स उत्पादन गर्दै आएको छ । ‘सुन्दरता र विश्वासको प्रतीक’ नाराका साथ युरो पेन्ट्सले विश्वकपमा टिमको हौसलाका लागि सहयोग र पुरस्कारको घोषणा गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युरो पेन्ट्सका विभिन्न उत्पादनहरू लोकप्रिय रहेका छन् ।

May be an image of ‎8 people and ‎text that says '‎EURO PAINTS BCMEH*R T20 T2 WORLDUP ن WORL WORLD CUP INDIES& 2024 CAN EPA CACKET NEPAL Eeи KEP YEPAL รนตะ NEPA i Saeta 드N 보탁대로 ช่รรา สน විුන් MEPAL MEPII नेपाली क्रिकेट टिमलाई हरेक सेन्यूरी 9,00,000 हाफ सेन्पुरी घरेक शिकषोट 3000 नरेग রगक ၃၀၀၀ 40,000 बरेक चोकत 9000 रेक रम 300 विश्वकपमा नेपाली क्रिकेट टिमलाई साथ र हौसला बदाउदे Euro Paints Nepal‎'‎‎