काठमाडौँ । आईसीसी टी २० विश्वकपमा नेदरल्यान्डस् विरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ। अविनाश बोहोराले १६ औँ ओभरको खेलमा नेदरल्यान्डस् विरुद्ध विकेट लिँदै नेपाललाई सफलता दिलाएका हुन्।
यसअघि सोमपालले १४ औँ ओभरको पहिलो बलमा नै सेब्रड एंगेलब्रेचलाई रन आउट गराए। १६ बलमा १ चौका हानेका सेब्रट भिडियो अम्पाएरको सहायतामा रन आउट भए।
त्यसअघि दिपेन्द्रले ८.२ ओभरमा ओपनर विक्रमजित सिंहलाई २२ रनमा बनाउँदा एलबीडब्लु धरापमा पार्दै पेभेलियनको बाटो देखाए। दोस्रो विकेटका रुपमा म्याक्स ओ डाउड र विक्रमजितले ४१ रनको साझेदारी गरे।
त्यसअघि ओपनर माइकल लेविट दोस्रो ओभरको दोस्रो बलमा नै क्याच आउट भए। नेपालका तिव्र गतिका बलर सोमपाल कामीले माइकललाई १ रन बनाउँदा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराए।

















