काठमाडौँ । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेदरल्यान्डस्सँग पराजित भएको छ। मंगलबार राति भएको खेलमा नेपाल नेदरल्यान्डस्सँग ६ विकेटको हार व्यहोर्दै विश्वकपको सुरुवात गरेको हो।
नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डसले १८ ओभर ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । अन्तिम ३ ओभरमा नेदरल्याण्ड्सलाई जितका लागि १९ रनको आवश्यकता रहेको थियो । सोमपाल कामीको १८औ ओभरमा नेदरल्याण्ड्सले ६ सिंगल रहित ६ रन बनाएको थियो । सो ओभरमा म्याक्स ओ’डाउडको क्याच कप्तान रोहित पौडेलले छोडेका थिए ।
अविनाश बोहोराको १९औ ओभरको पहिलो र दोस्रो बलमा ओ’डाउडले चौका र छक्का प्रहार गर्दै खेल नेपालको हातबाट टाढा गयो । तेस्रो बलमा उनले १ रन लिए । चौथो बलमा डे लिडेले चौका प्रहार गर्दै नेदरल्याण्ड्सको जित सुनिश्चित गर्यो ।
नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओ डाउडले ४८ बलमा ४ चौका र १ छक्काको सहयोगमा अविजित ५४ रनको अर्धशतकीय ईनिङ खेले । विक्रमजित सिंहले २८ बलमा २२ तथा साईब्रान्ड एगंलब्रेथले १६ बलमा १४ रन बनाए । नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ दशमलब २ ओभरमा अल आउट हुदै १ सय ६ रन मात्र बनाएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३७ बलमा ५ चौकाको सहयोगमा ३५ रन बनाए ।
करण केसीले १२ बलमा २ छक्काको सहयोगमा १७ रन बनाए । गुलसन झाले १५ बलमा १४ तथा अनिल शाहले १२ बलमा ११ रन बनाए ।नेदरल्यान्ड्सका लागि टिम प्रिगंल र लगेन भान बिकले समान तीन तीन तथा पल भान मिकरेन र बास डि लिडेले समान दुई दुई विकेट लिए ।
नेपाललाई पराजित नेदरल्यान्ड्स समूह डी को दोस्रो स्थानमा छ । पराजित नेपाल चौथो स्थानमा छ । नेपालले विश्वकपको दोस्रो खेल फ्लोरिडामा खेल्नेछ। असार ३० गते हुने श्रीलंकाविरुद्धको खेलपछि नेपाली टोली बाँकी दुई खेलका लागि वेस्ट इन्डिज जानेछ।

















