काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ अन्तरगत नेपाल र श्रीलंकाबीचको खेल अब सुरु हुने भएको छ ।
अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनुपर्ने नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण ढिलाइ भएको छ ।
बर्षा भएका कारण खेल ढिला हुने भएको हो । तर अहिले बर्षा पूर्ण रुपमा रोकिएको छ । खेल सुरु गर्ने निर्णय लिन खेल अफिसियलहरु मैदान जाँच गरिरहेका छन् । फेरि वर्षा नभएमा ओभर छोट्याएर खेल हुनेछ ।
यो पनि : नेपाल र श्रीलंकाबीचको खेल रद्द, श्रीलंका समूह चरणबाटै बाहिरियो
मौसम भविष्यवाणी अनुसार फेरि वर्षाको सम्भावना यथावत् छ । खेल हुनका लागि कट अफ टाइम नेपाली समयअनुसार बिहान ८ः२६ रहेको छ । त्यतिन्जेलमा खेल सुरू हुन नसकेमा खेल रद्द हुनेछ र दुवै टीमले अंक बाँड्नेछन् ।
खेल हेर्नका लागि अमेरिकाभर तथा अरू देशबाट फ्लोडिडा आइपुगेका हजारौं दर्शकका लागि पनि मौसमले खिन्न बनाएको छ। केही समर्थकहरु खेल सुरु हुनभन्दा तीन घन्टा पहिले नै रंगशाला आइपुगेका छन्।