डेभिड वार्नर एनपिएल खेल्न नेपाल आउनेबारे बाहिरियो यस्तो खबर

Image

काठमाडौँ । विस्फोटक ब्याटिङको लागि परिचित अस्ट्रेलियाका पूर्व ओपनर डेभिड वार्नर नेपाल प्रिमियर लिगको पहिलो संस्करण खेल्न नेपाल आउन सकारात्मक देखिएका छन्।

अनलाइनखबरमा प्रकाशित खबर समाचार अनुसार एनपीएलको फ्रेन्चाइज टोली लुम्बिनीले वार्नरको एजेन्टसँग कुराकानी गर्दा वार्नर नेपाल आउन सकारात्मक देखिएका छन्।

लुम्बिनीको स्वामित्व किनेको फरच्युना हेल्थ केयर प्रालिका प्रबन्ध सञ्चालक ईश्वर जिसीका भनाई अनुसार वार्नरले एनपिएल खेल्न केही शर्त प्रस्तुत गरेका छन्। उनले लिगमा को – को आउने प्रश्न गरेको बताईएको छ।

उनले भनिन् ‘हामीले वार्नरसँग एक पटक कुराकानी गरेका थियौं । उनी नेपाल आउन सकरात्मक थिए’, तर वार्नरले नेपाल आउन भने केही शर्त राखेका छन् । वार्नरले यो लिगमा को को खेल्छन् भनेर प्रश्न गरेको ईश्वर बताउँछन् । उनले विश्वप्रसिद्ध खेलाडी आएमा आफू पनि आउन सक्ने जवाफ दिएको बताएका छन् । यो कुराकानी एजेन्ट मार्फत गरेको जिसी बताउँछन् ।

गत जुनमा आईसीसी टी–२० विश्वकपमा भारतसँग पराजित भएसँगै वार्नरले सन्न्यास लिएका थिए । बायाँ हाते ब्याटर वार्नर विश्व क्रिकेट कै एक सफल ओपनरमा पर्दछन् । विशेषगरी उनी आक्रामक ब्याटिङलाई चिनिने गर्छन् ।

वार्नरले अष्ट्रेलियाबाट ११२ टेस्ट, १६१ ओडीआई र ११० टी–२० आई खेल खेलेका छन् । ३८५ टी–२० खेलमा उनले ८ शतक र १०४ अर्धशतकसहित १२ हजार ४११ रन बनाएका छन् ।

अष्ट्रेलियाबाट ११० टी–२० आईमा १ शतक र २८ अर्धशतकसहित ३ हजार २७७ रन बनाएका छन् । अष्ट्रेलियाले सन् २०२२ को टी–२० विश्वकप फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जित्दा वार्नर प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

सन् २०१५ मा अष्ट्रेलियाले विश्वकप जित्दासमेत उनी टोलीका सदस्य थिए । २०२१ को एभरेष्ट प्रिमियर लिगमा पाकिस्तानका शाहिद अफ्रिदीले काठमाडौं किंग्स–११ बाट १ खेल खेलेर फर्केका थिए ।

उनी दुई खेलको लागि नेपाल आएपनि एउटा वर्षाको कारण हुन सकेको थिएन । अफ्रिदी नेपाली फ्रेन्चाइज लिग खेल्ने हालसम्मका ठूला नाम गरेका विदेशी खेलाडी हुन् ।