अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी

Image

एजेन्सी । अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि ट्वान्टी आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि ट्वान्टी आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले सिरिज १-१ को बराबरीमा सकाएको हो ।

तेस्रो तथा निणायक तेस्रो खेल वर्षाका कारण रद्द भएसँगै सिरिज बराबरीमा सकिएको हो । पहिलो खेलमा अस्ट्रेलिया र दोस्रो खेलमा घरेलु टोली विजयी भएको थियो ।

पहिलो खेलमा २८ रनले पराजित इङ्ल्यान्डले दोस्रो खेलमा अस्ट्रेलियालाई ३ विकेटले पराजित गरेको थियो । दुई देशबीच बिहीवारबाट ५ खेलको ओडिआई सिरिज सुरु हुनेछ ।