रोनाल्डो आवद्ध अल नासरले बर्खास्त गर्यो मुख्य प्रशिक्षक, यस्तो छ कारण

Image

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो आवद्ध  साउदी अरेबियाको क्लब, अल नासरले मंगलबार लुइस क्यास्ट्रोलाई बर्खास्त गरेको छ । अल नासरले मुख्य प्रशिक्षक कास्ट्रोले क्लब छोडेको जानकारी दिएको हो ।

अल नासरमा २०२३ को जुलाई ६ देखि कार्यभार सम्हालेका कास्ट्रोलाई क्लबले यस सिजनको शुरुमै बर्खास्त गरेको छ । अल नासरले कास्ट्रोको नेतृत्वमा ६२ खेल खेलेकोमा ४४ खेल जितेको थियो भने ११ खेल बराबरी र ७ खेलमा हार बेहोरेको थियो ।

अल नासरले अब एसी मिलानका पूर्व प्रशिक्षक स्तेफानो पिओलीलाई प्रशिक्षक बनाउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ । क्लबले समाजिक सन्जालमा लख्दै भन्यो “अल नासरले मुख्य प्रशिक्षक लुइस क्यास्ट्रोले क्लब छोडे, अल नासरका सबैजना लुइस र उनका कर्मचारीहरूलाई विगत १४ महिनामा समर्पित कामको लागि धन्यवाद दिन चाहन्छन्, उनीहरूलाई भविष्यको लागि शुभकामना।”