ओमानविरुद्ध नेपालले टस हार्‍यो

Image

काठमाडौं । ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको हो ।

ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ ।  नेपालका लागि ओमान परिचित प्रतिद्वन्द्वी हो । तर, एकदिवसीय खेलको तथ्याङ्कमा नेपालभन्दा ओमान केही बलियो देखिन्छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबिच हालसम्म कुल सात खेल खेलिएको छ । त्यसमध्ये चार खेलमा ओमानले नेपाललाई हराएको छ । बाँकी तीन खेलमा नेपालले ओमानलाई हराएको छ ।

पछिल्लो पटक सन् २०२३ को अप्रिल २१ तारिखमा नेपाल र ओमानबिच एसिया कप क्वालिफायरका क्रममा एकदिवसीय खेल खेलिएको थियो । त्यो खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो ।

क्यानडा भ्रमणका क्रममा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि सोमबार राति खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली आयोजक राष्ट्र क्यानडासँग एक सय तीन रनको ठुलो अन्तरले पराजित भएको थियो ।

यो पनि : यस्तो छ ओमानविरुद्ध नेपालको प्लेइङ–११