नेपाललाई दोस्रो झड्का, आसिफ शेख आउट

Image

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा ओमान विरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । आसिफ शेख २८ बलमा ११ रन बनाएर आउट भएका हुन् ।

नेपालले १०.३ ओभरमा २ विकेटको क्षतिमा २२ रन बनाएको छ । खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबिच हालसम्म कूल ७ खेल खेलिएका छन् ।

यसमध्ये चार खेलमा ओमानले नेपाललाई हराएको छ । बाँकी ३ खेलमा नेपालले ओमानलाई हराएको छ । क्यानडामा भइरहेको यस त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो । यो नेपालको दोस्रो खेल हो । नेपालले टस हारेर पहिले ब्याटिङ गरीरहेको छ ।

ओमानविरुद्धको खेलमा नेपाली टोलीमा तीन परिवर्तन भएको छ । सोमबार क्यानडासँगको खेलमा टिममा रहेका कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी बेन्चमा रहेका छन् । उनीहरुको स्थानमा अर्जुन साउद, अनिल कुमार शाह र आरिफ शेखले मौका पाएका छन् ।