काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीको वरीयता खस्किएको छ। अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज सार्वजनिक गरेको अलराउण्डरतर्फ टी–२० वरीयतामा ऐरी एक स्थान तल झरेका हुन् ।
यसअघि ७औँ वरीयतामा रहेका ऐरी ८औँ स्थानमा झरेका छन्। टी–२० अलराउण्डरतर्फ शीर्ष वरीयतामा इंग्ल्याण्डका लियाम लिभिङस्टोन रहेका छन्। उनले वरीयतामा ७ स्थानको फड्को मार्दै शीर्षमा उक्लिएका हुन्।


















