काठमाडौं । म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको पहिलो खेलमै इन्टर मिलानसँग गोलरहित बराबरीमा रोकिएको छ ।
बुधबार राति घरेलु मैदान इत्तिहादमा सिटी गोलविहिन हुनुपर्याे । सिटी पाँच वर्षपछि घरेलु मैदानमा इन्टर मिलानसँग गोलरहित बराबरीमा रोकिन बाध्य भयो ।
पहिलो खेलमै बराबरी खेलेपछि सिटी ३६ टोली सहभागी लिगको १४औं स्थानमा छ । सन् २०२२-०२३ सिजनको विजेता सिटी यसपटक पनि उपाधि जित्ने योजनामा छ ।
इन्टरका गोलकिपर यान समरले आधा दर्जन भन्दा बढी प्रहार रोक्दै इन्टरको संकट टारेका थिए । एर्लिङ हाल्यान्ड, ज्याक ग्रेलिस, केभिन डि ब्रुयना, इल्काय गुन्डोगान, बर्नान्डो सिल्भाले लगातार आक्रमण गरेपनि समरले सबै प्रहार रोक्न सफल भए ।
अब, सिटीले प्रिमियर लिगमा शनिबार राति आर्सनलसँग प्रतिस्पर्धा गर्दैछ ।

















