काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब शतप्रतिशत जितका साथ सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियसिपको फाइनल प्रवेश गरेको छ ।
नेपाल पुलिसले लिग चरणको अन्तिम खेलमा शुक्रबार माल्दिभ्स पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्यो । पुलिसले खेल २५-१२, २५-२१, २३-२५, २५-२१ ले आफ्नो पक्षमा पार्यो ।
माल्दिभ्सको मालेमा जारी प्रतियोगिताको पाँचौ खेलमा जित निकालेको पुलिसले १४ अंक जोड्यो ।
पुलिसले यसअघि उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३-० को तथा माल्दिभ्सको वाम्को क्लबलाई ३-२ को सेटमा पराजित गरेको थियो ।

















