एएफसी यु-२० एसियन कप छनोटमा नेपालले आज बहराइनसँग खेल्ने

Image

काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु-२० एसियन कप छनोटको समूह बी को खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा सुरु हुनेछ ।

दुबै टोली दोस्रो जितको दाउमा छन् । दोस्रो जित निकालेको अवस्थामा दोस्रो चरण सम्भावना रहनेछ । यदि पराजित भएको अवस्थामा दुबै टोलीको सम्भावना समाप्त हुनेछ । समूह ‘बी’ मा दुबै टोलीको समान तीन अंक रहेको छ ।

बहराइनले दुई खेल खेल्दा नेपालले तीन खेल खेलेको छ । उज्वेकिस्तानले दुबै खेल जित्दै शीर्ष स्थान कब्जा गरेको छ । समान ६ खेल भएपनि कम्बोडिया दोस्रो स्थानमा रह्यो । पुछारको चाइनिज ताईपे बिना अंक छ ।

उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो । दोस्रो खेलमा समिर तामाङले ह्याट्रिक गर्दा ताईपेलाई ३–१ ले हराउँदै तीन अंक जोड्यो । तेस्रो खेलमा भने बलियो उज्वेकिस्तानसँग ६–० ले पराजित भयो ।

बहराइनले पहिलो खेलमा चाईपेलाई १–० ले हराउँदा कम्बोडियासँग समान अन्तरले पराजित भएको थियो । अब, टोलीले उज्वेकिस्तानसँग खेल्ने तालिका छ ।

पाँच टोली सहभागी समूह बी मा नेपाल ३ खेलबाट ३ अंकसहित चौथो स्थानमा छ । समूहको शीर्ष स्थानमा रहेर अर्को वर्ष चीनमा हुने एएफसी यु-२० एसियन कपमा छनोट हुने नेपालको सम्भावना सकिएको छ ।

यस समूहमा उज्वेकिस्तान दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ । यस्तै ३ खेलबाट २ जित र एक हारको नतिजाबाट ६ अंक नै जोडेको कम्बोडिया दोस्रो स्थानमा छ । दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको बहराइनको तीन अंक छ र नेपाल भन्दा अघि तेस्रो स्थानमा छ ।