सावित्रासम्मिलित गेङगाम्पको लगातार दोस्रो हार

Image

काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारीसम्मिलित एन एभेन्ट गेङगाम्पले डिभिजन वान फिमिनिनेमा लगातार दोस्रो खेलमा पराजित भएको छ।

पेरिस ट्रेनिङ सेन्टरमा आइतबार राति भएको खेलमा घरेलु टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४-० ले पराजित भएको हो।  पहिलो खेलमा गेङगाम्प पेरिस फुटबल क्लबसँग ६-० ले पराजित भएको थियो।

जितसँगै दुई खेलमा ६ अंक जोडेको पिएसजी तेस्रो स्थानमा छ। दुवै खेलमा पराजित गेङगाम्प अंकविहिन रहँदै पुछारमा छ।  पिएसजीलाई जित दिलाउन रोमी लेउचरले दुई गोल गरिन्। सकिना कार्चौइ र अगुइचा डायराले समान एक गोल गरे।