काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनमा रिजन ढकाल १० लाख रुपैयाँमा चितवन राइनोजमा आवद्ध भएका छन् । आइतबार भएको अक्सनमा पहिलो खेलाडीको रुपमा बायाँ हाते तीब्र गतिका बलर रिजन ढकाल आएका थिए ।
ढकालले गत फेब्रुअरीमा क्यानडाविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । उनले ए ग्रेडको न्यूनतम मूल्य १० लाख रुपैयाँ पाएका हुन् । त्यस्तै स्पिन अलराउण्डर सुवास भण्डारी विराटनगर किंग्समा पुगेका छन् ।
न्यूनतम मूल्य २ लाख राखेका उनलाई किन्न दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । विराटनगर त्यसपछि काठमाडौं गुर्खाजले अक्सनमा बोली लगाएका थिए । उनी २ लाख ५० हजारमा विराटनगरमा पुगेका छन् ।