काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यु-१७ एसियन कप छनोटमा सहभागी हुन कतार जाने टोलीको बिदाइ गरेको छ ।
टोलीलाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामा, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई, सदस्य मनिष जोशी र मणिराज विष्ट लागायतले बिदाई गरे ।
छनोटको समूह ‘एफ’ मा नेपाल, जापान, कतार र मंगोलिया छन्। नेपालले अक्टोबर २३ मा जापानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले अक्टोबर २५ मा घरेलु टोली कतार र अक्टोबर २७ मा मंगोलियाको सामान गर्नेछ ।
नेपाली टोली : सुवास बम (कप्तान), पेम्बा नुर्बुभोट, रामबहादुर बोहरा, विशेष बानियाँ, प्रशान्त मोक्तान, सुजलमान घले, निशान राजलवट, भुवन कामी, एकराज विश्वकर्मा, जोन विष्ट, सविन कटवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, आलिक श्रेष्ठ, सविनकुमार लुंगेलीमगर, रोहित श्रेष्ठ, सन्तोष गोङ्बा, रञ्जित लामा, तेन्जिङ शेर्पा, दिग्विजय शाही