Khabar Board

नेपाल र अमेरिकाबीचको खेल सुपर ओभरमा

काठमाडौं । नेपाल र अमेरिकाबीचको दोस्रो टी-२० खेलमा स्कोर बराबरी भएको छ। आइतबार डलासमा भएको खेलमा दुवै टोलीले समान स्कोर बनाएपछि खेल सुपर ओभरमा गएको छ।

पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको अमेरिकाले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १७० रननै जोड्यो।

अमेरिकाका लागिआन्द्रेस गसले अर्धशतक प्रहार गरे। नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्समा आबद्ध भइसकेका उनले अन्तिम ओभरको दुई बल बाँकी छदा आउट हुनुअघि ६२ रन जोडे। उनले ४३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

त्यसअघि नेपालले दोस्रो ओभरमै अमेरिकाका ओपनर तथा कप्तान मोनाक पटेललाई १ रनमा आउट गरेको थियो। उनलाई करण केसीले दोस्रो ओभरको करण केसीले बोल्ड गरेका थिए।

अर्का ओपनर मुक्कामालाले भने ४७ रन जोडे। उनले ४१ बलमा २ चौका र ३ छक्का प्रहार गरे। आन्द्रेस जोसलाई सोमपाल कामीले ७ रनमा एलबिडब्लूको धरापमा पारे।

१७औं ओभरको दोस्रो बलमा करण केसीले मिलिन्ड कुमारलाई १५ बलमा रिजन ढकालको हातबाट क्याच गराएका थिए। तर त्यसपछिका चार बलमा अमेरिकाले करण केसीविरुद्ध अमेरिकाले १२ रन जोड्यो। अमेरिकाका जहानगिरले अन्तिम दुई बलमा चौका र छक्का प्रहार गरेका थिए। तर उनी अर्को ओभरको अन्तिम बलमा सागर ढकालको बलमा दीपेन्द्रसिंह ऐरीबाट १४ रनमा क्याच भए। उनले ६ बलमा १ चौका र १ छक्काको मद्दतमा १४ रन जोडे।

१९औं ओभरको तेस्रो बलमा करण केसीले हर्मित सिंहलाई २ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए।

अन्तिम ओभसमा अमेरिकालाई जितका लागि ७ रन चाहिएको थियो। बलिङमा नेपालका सोमपाल कामी थिए। जसमा तीन रन चाहिएको अवस्थामा अमेरिका आन्द्रेसलाई चौथो बलमा आउट भए। त्यसपछि अन्तिम दुई बलमा अमेरिकालाई दुई रन चाहियो। पाँचौ बलमा अली खानले एक रन लिदा अन्तिम बलमा दुई रन चाहिएको थियो। जसमा दुई रन लिने क्रममा जस्दिप सिंह रनआउट भए। बलिङमा नेपालका करण केसीले ३ विकेट र सोमपाल कामीले २ विकेट लिए।

त्यसअघि नेपालले कुशल भुर्तेलको अर्धशतकमा नेपालले छ विकेटको क्षतिमा १७० रन जोड्यो। अमेरिकाको टेक्ससस्थित डलासको ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुशलले ९२ रन जोडे। उनले ५४ बलमा सात चौका र छ छक्का प्रहार गरे।

नेपालका ओपनर अनिल साहले ३१ बलमा २५ रन जोड्दा अर्का ओपनर आसिफ शेख एक रनमै आउट भएका थिए। गुल्सन झाले १२ बलमा १९ रन बनाए। कप्तान रोहित पौडेल १४ बलमा १८ रन जोडेर आउट भए। दिपेन्द्र सिंह ऐरी दुई रन र आरिफ शेख एक रनमै पेभिलियन फर्के। करण केसीले एक बल खेल्दा छक्का प्रहार गरेका थिए।

बलिङमा अमेरिकाका जस्दीप सिंह र केन्जिगेले दुई दुई विकेट लिए। सिरिजको पहिलो खेलमा नेपालले जित निकालेको थियो। अब दुई टोलीबीच भोलि तेस्रो खेल हुनेछ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.