Khabar Board

हीरा र दीपाले साफ महिला च्याम्पियनसिपको बाँकी खेल गुमाउने

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा गत शुक्रबार भुटानविरुद्धको खेलमा घाइते भएका नेपाली टोलीकी डिफेण्डर हिराकुमारी भुजेल र मिडफिल्डर दीपा शाहीले च्याम्पियनसिपको बाँकी खेल गुमाउने भएका छन् ।

नेपाली टोलीका चिकित्सक ज्योति राई र फिजियोथेरापिस्ट नवीना वैद्यले आइतबार उनीहरु घाइते रहेको पुष्टि गर्दै शल्यक्रिया गर्नुपर्ने बताएका छन् । उनीहरुको एकै दिन शल्यक्रिया गर्ने तयारी छ ।

फिजियोथेरापिस्ट वैद्यले एसीएल सर्जरी भएमा निको हुन ९ महिनासम्म लाग्नेछ । तर उनीहरु त्यस भन्दा चाँडै पनि निको हुन सक्ने उनले बताइन् । शुक्रबार भुटानसँग नेपाल गोलरहित बराबरी भएको खेलमा उनीहरु घाइते भएका थिए । दुबैलाई त्यसै दिन अस्पताल भर्ना गरिएको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.