Khabar Board

घाइते भएकी महिला फुटबल टोलीका हीरा र दीपाको स्वास्थ्यबारे यस्तो भन्छ एन्फा

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा समूह ‘बी’ को पहिलो खेलमा भुटानविरुद्ध घाइते भएका रक्षक हीराकुमारी भुजेल र मिडफिल्डर दीपा शाही कम्तिमा पनि ९ महिना मैदान बाहिर रहने भएका छन् ।

भुटानविरुद्ध दुवै खेलाडीको घुँडामा चोट लागेको थियो । हीरा पहिलो हाफको इन्जुरी समयमा मैदानबाट बाहिरिएकी थिइन्। उनको स्थानमा विमला विक मैदान प्रवेश गरेकी थिइन्।

यसैगरी दोस्रो हाफमा मैदान छिरेकी दीपालाई खेलको अन्त्यतिर प्रतिस्थापन गरिएको थियो । दीपाको स्थान अनिता केसीले लिएकी थिइन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) को श्रोतले उनीहरूको चोट गम्भिर रहेको र कम्तिमा पनि ९ महिना मैदान बाहिर रहने जानकारी दियो ।

‘दुवै खेलाडीको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) मा गम्भिर चाेट देखिएको छ, त्यसैले शल्क्रिया गर्नुपर्ने भएको छ । उनीहरूलाई निको हुन कम्तिमा पनि ९ महिना लाग्छ,’ एन्फा स्रोतले भन्यो ।

भुटानविरुद्ध नेपालले दुर्भाग्यजनक बराबरी खेलेको थियो । साफ इतिहासमै पहिलो पटक भुटानले नेपालविरुद्ध गोलरहित बराबरी खेलेको हो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.