Khabar Board

नेदरल्याण्ड्सका बास डि लिडे पोखराबाट एनपीएल खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा भित्र्याएको छ ।

पोखराले दोस्रो विदेशी खेलाडीको रुपमा लिडेलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौसलाई टोलीमा भित्राएको थियो ।

लिडेले नेदरल्यान्ड्सका लागि ३८ टि ट्वान्टी आईमा र ४३ ओडिआईमा १ हजार ६ सय ७३ रन तथा ७६ विकेट लिएका छन् । एनपिएलमा सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ । लिडे एनपिएलमा अनुबन्ध हुने तेस्रो विदेशी खेलाडी हुन् । यसअघि पोखराले गौस तथा विराटनगर किंग्सले ओमानका कप्तान अकिब ईल्यासलाई टोलीमा भित्राएका थिए ।

असोज २० गते नेपाली खेलाडी छनोटका लागि भएको अक्सनमा पोखरा लगायत टोलीले समान १० खेलाडी अनुबन्ध गरेका थिए । २४ वर्षिय लिडेले खुसी व्यक्त गर्दै भिडियो सन्देशमार्फत नेपालमा खेल्न उत्साहित रहेको बताएका छन् । पोखराको मार्की खेलाडीमा राष्ट्रिय टोलीका कुशल भुर्तेल छन्।

लिडेलाई इंङ्ग्ल्यान्डको द हन्ड्रेड तथा काउन्टि तथा इन्टरनेशनल लिग टि ट्वान्टी लिग खेलेको अनुभव छ । लिडेले ओडिआईमा एकै खेलमा ५ विकेट लिनुका साथै शतक समेत बनाएका छन् ।

पोखरा एभेन्जर्स टिम : कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस र बास डि लिडे।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.