काठमाडौं । बार्सिलोनाले स्पानिस ला लिगामा सेभियामाथि ५-१ को फराकिलो जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रोबर्ट लेवान्डोस्कीको दुई गोलको मद्दतले बार्सिलोनाले सेभियालाई सजिलै हराएको छ ।
३६ वर्षीय खेलाडी यो सिजन उत्कृष्ट फर्ममा रहेका छन् । उनले सबै प्रतियोगिताका १२ खेलमा १४ गोल गरेका छन् । पछिल्लो ६ खेलमा मात्र उनले १० गोल गरेका हुन् ।
खेलको २४औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्तरा दिलाएका थिए । २८औं मिनेटमा पेड्रीले अग्रता दोब्बर पारे भने ३९औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे ।
दोस्रो हाफमा दुवै टोल टोरेले गरे । ७६औं मिनेटमा लामिन यामलको स्थानमा मैदान प्रवेश गरेका उनले ८२औं र ८८औं मिनेटमा गोल गरे ।
सेभियाका लागि इडुम्बो-मुजाम्बोले ८७औं मिनेटमा एक गोल फर्काए । जितपछि शीर्ष स्थानको बार्सिलोनाले १० खेलबाट २७ अंक जोडेको छ र दोस्रो स्थानको रियल मड्रिडमाथि ३ अंकको अग्रता बनाएको छ ।
समान खेलबाट रियलको २४ अंक छ । एट्लेटिको मड्रिड २० अंकसहित तेस्रो स्थानमा छ । सेभिया १० खेलबाट १२ अंकसहित १३औं स्थानमा छ ।