काठमाडौं । घरेलु मैदानमा चेल्सीलाई हराउँदै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
खेलको २९ औँ मिनेटमा मोहम्मद शालाहले पेनाल्टीमार्फत लिभरपुललाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै निकोलस ज्याक्सनले चेल्सीका लागि बराबरी गोल फर्काए । ३ मिनेटपछि नै शालाहले कर्टिस जोन्सका लागि गोलको अवसर सिर्जना गर्दै टोलीलाई अग्रता दिलाए ।
योसँगै सुरुवात ११ खेलमध्ये १० खेल जित्ने अर्ने स्लट लिभरपुलका पहिलो म्यानेजर बनेका छन् । यो जितपछि लिभरपुलको ८ खेलमा २१ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ । त्यसैगरी चेल्सीको भने ८ खेलमा १४ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ।