Khabar Board

नेयमारको पुनरागमन खेलमा अल हिलालको नाटकीय जित

काठमाडौं । ब्राजिलिनय फुटबल नेयमारले चोटपछि मैदानमा पुनरागमन गरेको खेलमा साउदी क्लब अल नाटकीय जित हात पारेको छ ।

सलेम अल-दौसारीले ह्याट्रिक गरेपछि साउदी अरेबियाको अल-हिलालले एएफसी च्याम्पियन्स लिगमा साविक विजेता यूएईको अल-ऐनमाथि ५-४ को जित हात पारेको हो ।

xगत अक्टोबरमा उरुग्वे विरुद्धको खेलमा घुँडाको क्रुसिएट लिगामेन्टमा चोट लागेपछि मैदानबाहिर रहेका नेयमार ७७ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । उनको नोभेम्बरमा घुँडाको शल्यक्रिया गरिएको थियो । खेलको अन्त्यतिर नेमरा काउन्टर अट्याकमा गोल नजिक पुगे पनि सफल भएनन् ।

‘मलाई राम्रो अनुभव भइरहेको छ । यो कठिन थियो । मसँग सधैं राम्रो टिम छ । तर, म एमदकै खुशी छु कि म मैदान फर्किएँ ।’ खेलपछि भावुक बनेका नेयमारले हाज्जा बिन जायद स्टेडियममा भने ।

नेयमार २०२३ अगष्टमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट ९० मिलयन युरोमा साउदी क्लब अल-हिलालमा अनुबन्ध भएका थिए । उनले चोटअघि हिलालका लागि ५ खेल खेलेका थिए ।

साउदी प्रो लिग क्लब अल-हिलालले गत सिजनको सेमिफाइनलमा अल-ऐनसँग व्यहोरेको हारको बदला समेत लिएको छ । यो जितपछि अल-हिला लिग वेष्ट रिजनमा ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.