इङ्ल्यान्डको कप्तानी लिभिङ्गस्टोनले गर्ने

Image

काठमाडौं । अलराउन्डर लियम लिभिङ्गस्टोनले वेस्ट इन्डिजविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलामा इङ्ल्यान्डको कप्तानी गर्ने भएका छन् । नियमित कप्तान जोस बट्लर पूर्ण रूपमा ठिक नभएका कारण इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी)ले लिभिङ्गस्टोनलाई उक्त जिम्मेवारी दिएको हो ।

लिभिङ्गस्टोनले यसअघि टोलीको कप्तानी गरेका छैनन् । ३४ वर्षीय बट्लरले गत जुनमा भएको ट्वान्टी-२० विश्वकप यता मैदान देखिएका छैनन् । बट्लरको अनुपिस्थितीमा विकेटकिपर माइकल पेपरलाई एकदिवसीय टोलीमा समावेश गरिएको छ ।

इङ्ल्यान्ड तीन खेलको एकदिवसीय र पाँच खेलको ट्वान्टी २० शृंखलाका लागि वेस्ट इन्डिज भ्रमणमा जाँदैछ । एकदिवसीय शृंखलाका खेल अक्टोबर ३१, नोभेम्बर २ र ६ मा हुनेछ । इसिबीले बट्लर ट्वान्टी २० शृंखलाका लाथि भने उपलब्ध हुने बताएको छ । ट्वान्टी-२० शृंखलाका खेलहरु नोभम्बर ९, १०, १४, १६ र १७ मा हुनेछन् ।

इङ्ल्यान्डको टोली : जोफ्रा आर्चर, ज्याकब बेट्हिल, जाफर चोहान, साम करन विल ज्याक्स, लियम लिभिङस्टोन (कप्तान), साकिब महमुद, ड्यान मुस्ले, जेमी ओभरटन, माइकल पेपर, आदिल रासिद, फिल साल्ट, रिस टोप्ले, जोन टर्नर, जोस बटलर (ट्वान्टी–२० शृंखलाका लागि मात्र)