काठमाडौं । इङ्ल्यान्डले पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेस्टका लागि रेहान अहमद र गस एट्किन्सनलाई टोलीमा समावेश गरेको छ । उनीहरुले ब्रेडन कार्से र म्याथ्यु पोट्सको स्थान लिनेछन् । इङ्ल्यान्ड तीन खेलको टेस्ट शृंखलाका लागि पाकिस्तान भ्रमणमा छ ।
हाल शृंखला १-१ को बराबरीमा छ ।पहिलो टेस्टमा इनिङ अन्तरले विजयी भएको इङ्ल्यान्डले दोस्रो टेस्टमा भने १५२ रनले पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेल बिहीबारदेखि रावलपिन्डीमा सुरु हुनेछ ।
इङ्ल्यान्डको टोली : ज्याक क्राउली, बेन डकेट, ओली पोप, जो रुट, ह्यारी ब्रुक, बेन स्टोक्स (कप्तान), गस एट्किन्सन, जेमी स्मिथ (विकेटकिपर), रेहान अहमद, ज्याक लिच, शोएब बासिर