डेभिड वार्नरले भन्छन् – ‘भारतविरुद्धको आगामी टेस्ट सिरिजका लागि संन्यास फिर्ता लिन तयार छु’

Image

एजेन्सी । अस्ट्रेलियाका पूर्व ओपनर डेभिड वार्नरले भारतविरुद्धको आगामी टेस्ट सिरिज खेल्नका लागि आफू फेरि उपलब्ध रहेको बताएका छन् । केही समयअघि मात्र संन्यास लिने घोषणा गरेका वार्नरले, भारतसँगको आगामी सिरिजमा पुन: खेल्न इच्छुक रहेको खुलासा गरेका हुन् ।

वार्नरले भने, ‘भारतविरुद्धको सिरिज सँधै कठिन र प्रतिस्पर्धात्मक हुन्छ, र भारतविरुद्द खेल्दा मैले ठूलो आनन्द पाएको छु । यदि टोलीलाई म आवश्यक छु भने, म फेरि टेस्ट खेल्न तयार छु ।’

वार्नरले आफ्नो अनुभव र खेल कौशलले भारतजस्तो बलियो प्रतिद्वन्द्वीविरुद्ध अस्ट्रेलियालाई सहयोग पुर्याउन सक्ने विश्वास व्यक्त गरेका छन् । विशेष गरी आगामी टेस्ट सिरिज विश्व टेस्ट च्याम्पियनसिपको लागि अत्यन्त महत्त्वपूर्ण मानिएको छ ।