यूएफा च्याम्पियन्स लिगमा शाख्तर डोनेस्कमाथि आर्सनलको जित

Image

काठमाडौं । यूएफा च्याम्पियन्स लिगमा आर्सनलले शाख्तर डोनेस्कलाई १-० ले पराजित गरेको छ । एमिरेट्स स्टेडियममा युक्रेनी टोली डोनेस्कका गोल रक्षकले आत्माधाती गोल गरेपछि इंग्लिस क्लब आर्सनल १-० ले विजयी भएको हो ।

मिकेल अर्टेटाको टोली आर्सनल कप्तान मार्टिन ओडेगार्ड र प्रमुख खेलायी बुकायो साका बिना मैदान उत्रिएको थियो । दुवै खेलाडीले चोटका कारण यो खेल गुमाएका थिए ।

डिफेन्डर रिकार्डो कालाफियोरी यस खेलमा घाइते भएपछि अर्टेटामाथि दबाब बढेको छ । २९ औं मिनेटमा गोलकिपर दिमिट्रो रिज्निकको आत्मघाती गोलमार्फत अग्रता बनायो । आर्सनलले त्यसलाई अन्त्यसम्म कायम गर्यो ।

यससँगै ३ खेलमा २ जित र १ बराबरी खेलेको आर्सनल ७ अंकसहित चौंथो स्थानमा उक्लिएको छ । समान खेलमा जितबिहिन रहँदै १ अंक जोडेको डोनेस्क २९ औं स्थानमा छ ।

च्याम्पियन्स लिगकै अन्य खेलमा एसी मिलान ले क्लब ब्रुग लाई ३-१ ले हराउँदा एस्टन भिल्लाले बोलोग्नामाथि २-० को जित हात पार्यो । युभेन्टस, स्टटगार्टविरुद्ध १-० ले पराजित हुँदा पीएसजी र पीभीएसले १-१ गोलको बराबरी खेल्दै अंक बाढे ।