काठमाडौं । एस्टन भिल्लाले युइएफ च्याम्पियन्स लिगमा आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ । भिल्लाले मंगलबार घरेलु मैदान भिल्ला पार्कमा बोलोग्नाविरुद्ध २-० को जित निकाल्यो ।
लगातार तेस्रो जितसँगै तीन खेलमा ९ अंक जोडेको भिल्ला शीर्ष स्थानमा छ । पराजित बोलोग्ना समान खेलबाट एक अंकका साथ २८औं स्थानमा छ । भिल्लालाई जित दिलाउन जोन म्याकगिन र जोन डुरानले गोल गरे ।
खेलको ५५औं मिनेटमा म्याकगिनको गोलमार्फत भिल्लाले अग्रता लिएको थियो । त्यसको ९ मिनेटपछि डुरानले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।
लिगअन्तर्गत मंगरबारै सम्पन्न खेलमा आर्सनलले शख्तर डोनेटस्कलाई १-०, स्पोर्टिङ सिपीले एसके स्ट्रम गर्ज तथा जिरोनाले स्लोभन ब्रिटिसलभालाई सामान २-० ले पराजित गरे ।