काठमाडौं । साफ वुमन्स च्याम्पियन्सिप २०२४ अन्तर्गत अहिले भइरहेको खेलमा बंगलादेशले भारत विरुद्ध पहिलो हाफमा ३-१ को अग्रता लिएको छ । बंगलादेशका लागि तोहुरा खातुनले दुई तथा अफेइदा खान्डाकेरले एक गोल गरिन् ।
खेलको १९औं मिनेटमा अफेइदाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । तोहुराले २९औं र ४२औं मिनेटमा गोल गरिन् । भारतका लागि पहिलो हाफमा बालादेवीले एक गोल फर्काइन् । उनले ४३औं मिनेटमा गोल गरेकी हुन् ।