एजेन्सी । घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको ३ खेलको ओडिआई सिरिज एक खेल अगावै जितेको छ ।बुधवार पाल्लीखेलेमा भएको दोस्रो ओडिआई खेल ५ विकेटले जित्दै घरेल टोलीले सिरिज जितेको हो ।
पहिलो ओडिआईमा घरेलु टोली ५ विकेटले नै विजयी भएको थियो । पाहुना टोलीले दिएको १ सय ९० रनको लक्ष्य घरेलु टोलीले ३८.२ ओभरमा पूरा गरेको थियो ।
घरेलु टोलीको जितमा कप्तान चरिथ असलंकाले ६१ बलमा सर्वाधिक ६२, सदिरा समराविक्रमा र ओपनर निशान मदुशकाले समा ३८ तथा कमिन्डु मेन्डिसले नट आउट ११ रन जोडे । पाहुना टोलीका लागि अल्जारी जोसेफले २ तथा गुणकेश मोटी र रोस्टन चेसले समान १ विकेट लिए ।
त्यसअघि वर्षाका कारण ४४ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको पाहुना टोली ३६ ओभरमा १ सय ८९ रन बनाउँदै अल आउट भएको थियो ।
टोलीका लागि शेरफन रादरफोर्डले ८२ बलमा सर्वाधिक ८०, गुणकेश मोटीले ६१ बलमा ५० तथा ओपनर ब्राण्डन किंगले १६ रन जोड्दा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
घरेलु टोलीका लागि वानिन्दु हसरंगाले ४ तथा महेश तिक्सेना तथा आसिथा फर्नान्डोले समान ३ विकेट लिए । दुई देशबीचको तेस्रो ओडिआई खेल शनिवार हुनेछ । यसअघि वेस्ट इन्डिजविरुद्धकोे टि ट्वान्टी आई सिरिज पनि श्रीलंकाले जितेको थियो ।