बङ्गलादेशसँगको पहिलो टेस्टमा दक्षिण अफ्रिकाको सानदार जित

Image

काठमाण्डाै । बङ्गलादेशसँगको पहिलो टेस्ट क्रिकेट दक्षिण अफ्रिकाको सानदार जित निकालेको छ । पहिलो टेस्टमा दक्षिण अफ्रिकाले ७ विकेटले जितेको हो । बङ्गलादेशले दिएको १ सय ६ रनको लक्ष्य दक्षिण अफ्रिकाले चौथो दिनको खाना समयअघि ३ विकेट गुमाएर भेटायो ।

दक्षिण अफ्रिकाका टोनी दी जोर्जीले ४१ रन बनाए । बङ्गलादेशका तैजुल इस्लामले ३ विकेट लिए । बङ्गलादेशले दोस्रो पारीमा मेहदी हसन मिराज र जेकर अलीको अर्धशतकको मद्दतमा ३ सय ७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका कागिसो रबाडाले ६ विकेट लिए ।

यसअघि मिरपुरमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली बङ्गलादेश १ सय ६ रनमा अलआउट भएको थियो । बङ्गलादेशका महमुदुल हसन जोएले सबैभन्दा धेरै ३० रन बनाए । दक्षिण अफ्रिकाका कागिसो रबाडा, वीआन मुल्डेर र केशम महाराजले समान ३ विकेट लिए ।

दक्षिण अफ्रिकाले पहिलो पारीमा केले भेरेनेको शतक र वीआज मुल्डेरको अर्धशतकको मद्दतमा ३ सय ८ रन बनाएको थियो । बङ्गलादेशका तैजुल इस्लामले ५ विकेट लिए । बङ्गलादेश र दक्षिण अफ्रिकाबीचको दोस्रो तथा अन्तिम टेस्ट आउँदो मङ्गलवारदेखि चत्तोग्राममा शुरू हुनेछ ।