काठमाडौं । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मार्चन्ट डे लांग पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजमा अनुबन्ध भएका छन् । चितवनले पहिलो विदेशी खेलाडीको रुपमा तीव्र गतिका बलर मार्चेन्टलाई टोलीमा अनुबन्ध गरेको बिहीवार सामाजिक संजालमार्फत जनाएको छ ।
३४ वर्षिय मार्चेन्टले हालसम्म दक्षिण अफ्रिकाको राष्ट्रिय टिमबाट २ टेस्ट, ४ ओडिआई तथा ६ टि ट्वान्टी आई खेलेका छन् । मार्चेन्टले १ सय ५१ टि ट्वान्टी खेलमा १ सय ६६ विकेट लिएका छन् । टोलीको मार्की खेलाडीमा कुशल मल्ल र मुख्य प्रशिक्षकमा उमेश पटवाल रहेका छन्।
एनपिएलमा ८ टिमको सहभागिता रहेको छ । सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ ।
विभिन्न टोलीमा आबद्ध भएका विदेशी खेलाडी यसप्रकार रहेका छन् :
पोखरा एभेन्लेजर्स : अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डि लिडे र वेस्ट इन्डिजका एन्डसन फिलिप
कर्णाली याक्स : पाकिस्तानका हुसेन तलात
सुदूरपश्चिम रोयल्स : स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इङ्ग्ल्यान्डका अलराउन्डर सेफ जेब
लुम्बिनी लायन्स : इङ्ग्ल्यान्डका विकेटकिपर ब्याटर टम मुर्स
काठमाडौं गुर्खाज : नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिट
विराटनगर किंग्स : ओमानका कप्तान अकिब इल्यास
जनकपुर बोल्ट्स : न्युजिल्याण्डका अलराउण्डर जिमी निशम
चितवन राइनोजको टोली – कुशल मल्ल, रिजन ढकाल, विपिन रावल, रन्जित कुमार, सन्तोष कार्की, दिपेश श्रेष्ठ, गौतम केसी, अमरसिंह राउटेला, दिपक बोहरा, कमलसिंह ऐरी, शरद भेषवाकर र मार्चन्ट डे लांग