१० औं राष्ट्रिय खेलकुदका ४ वटा खेलमा बैतडीबाट पारश सिंह महरा छनोट

Image

बैतडी । १० औं राष्ट्रिय खेलकुदका लागि बैतडीबाट पारश सिंह महरा छनोट भएका छन् । बैतडीको सुर्नया गाउँपालिकाका वडा नम्बर -४ घर भएका महरा १० औं राष्टिय खेलकुद’ का ४ वटा खेलका लागी छनोट भएका हुन् ।

हाइजम्पबाट सुदुरपश्चिम प्रदेशमा दबदबा राखेका महराले यस वर्ष पनि हाइजम्प, लङ्जम्प, डिस्कस ‘थ्रो’ र १ सय मिटर हिटलस दौडका लागि सफल भएका हुन् ।

यस्तै, लगातार २ वर्ष राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएर हाइजम्पबाट सुदुरपश्चिम प्रथम भएका महरा यस पटक ‘१० औं राष्टिय खेलकुद’ का लागि बैतडीबाट सुदुरपश्चिम प्रदेशका लागि छनोट हुँदा आफू धेरै खुशीका साथै उक्त खेलहरुका लागि तत्पर रहेको महरा बताए।