उल्टायो क्रिकेट अस्ट्रेलियाले वार्नरमाथिको प्रतिबन्ध

Image

एजेन्सी । क्रिकेट अस्ट्रेलियाले डेभिड वार्नरमाथि लगाएको आजीवन कप्तानीमाथि लगाएको प्रतिबन्ध साढे ६ वर्षपछि फुकुवा भएको छ ।सन् २०१८ मा केपटाउनमा भएको स्यान्डपेपर घटनापछि क्रिकेट अस्ट्रेलियाले उनीमाथि प्रतिबन्ध लगाएको थियो ।

आगामी सिजनमा बिग बास लिग(बीबीएल) मा सिड्नी थन्डरको कप्तानी गर्ने सम्भावना रहेको छ । वार्नर अब बिबीएलका लागि सिड्नी थन्डरको कप्तान बन्ने चर्चामा छन् । जहाँ उनी पहिलो पटक पूरै सिजनका लागि उपलब्ध हुनेछन् ।

वार्नरले प्रतिबन्धपछि आइपिएलमा सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सको नेतृत्व गरेका थिए । गत जुनमा टि ट्वान्टी विश्वकपपछि सबै फर्म्याटबाट सन्यास लिएका थिए ।

सन्यास अघि वार्नरले अन्तर्राष्ट्रिय रुपमा अस्ट्रेलियाको टोलीको कप्तानी गर्ने अवसर पाउने अपेक्षा रहेको थियो ।