राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव राणाको निधन

Image

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव सुशील शमशेर जबराको ९१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । राणाको आज नै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार भएको राष्ट्रिय खेलकुद परिषद्‌ले जनाएको छ ।

श्रद्धाञ्जलीमा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरु प्रेमबहादुर मल्ल, सरोज पोखरेल लगायत कर्मचारीहरुको उपस्थिति थियो । राष्ट्रिय खेलकुद परिषद्को दोस्रो सदस्य सचिवका रुपमा राणाले ६ वर्ष सम्म नेपाली खेलकुदका लागि योगदान गरेका थिए ।

राणा २०१७ सालदेखि २०२४ सालसम्म परिषद्को सदस्य सचिव थिए । राणा नेपाल ब्याडमिन्टन संघको सस्थापक अध्यक्ष र हाल आजीवन मानार्थ अध्यक्ष रहेका ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी दिए ।