वर्ल्ड कप लिग–२ को सातौँ श्रृङ्खला; यस्तो छ नेपालको खेल तालिका

Image

काठमाडौं । आईसिसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तगर्तको सातौँ श्रृङ्खला हिजोदेखि सुरु भएको छ। श्रृङ्खला अन्तर्गत पहिलो खेलमा अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा भएको थियो । ‍उत्त खेलमा स्कटल्याण्डले विजयी सुरुवात गरेको छ ।

अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा नेपाली समय अुनसार राति ९ः१५ बजेबाट खुरु भएको थियो । स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको छ ।

अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको स्कटल्याण्डले २४.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । स्कटल्याण्डका लागि आन्द्रेउ उमीदले अविजित ९८ रन बनाए भने चार्ली टियरले अविजित ४३ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ३८.४ ओभरमा अल आउट हुदै १४४ रन बनाएको थियो । अमेरिकाका लागि शाडली भान शाल्कवीकले सर्बाधिक ५८ रन बनाए भने हर्मित सिंहले २२ रन बनाएका थिए । त्यस्तै स्कटल्याण्डका बलर ब्राड कुरीले ४ विकेट लिए भने ब्राण्डन म्याकमुलेनले ३, ब्राड ह्वीलले २ विकेट लिएका थिए ।

यो जितपछि स्कटल्याण्डको लिग-२ मा ८ खेलमा ११ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै अमेरिकाको भने ९ खेलमा १२ अंक रहेको छ र दोस्रो स्थानमा छ ।

एकदिवसीय फर्म्याटमा हुने खेलमा नेपालसहित ३ टोली सहभागी हुनेछन्। प्रतियोगिता अन्तर्गत नेपालले आइतबार अमेरिकासँग खेल्ने छ। नेपाल र अमेरिकाबीचको खेल पनि राति ९ः१५ बजेबाट नै सुरु हुनेछ।

त्यस्तै नेपालले आगामी बिहीबार स्कटल्यान्डसँग खेल्ने छ भने नोभेम्बर २ मा अमेरिका र नेपालबीच खेल हुनेछ। नोभेम्बर ४ मा नेपालले फेरि स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।