न्युजिल्यान्डलाई एक खेल अगावै टेस्ट शृंखला

Image

काठमाडौं । न्युजिल्यान्डले घरेलु टोली भारतविरुद्धको टेस्ट शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । दोस्रो टेस्टको तेस्रो दिनमा न्युजिल्यान्ड ११३ रनले विजयी भयो । जितसँगै न्युजिल्यान्ड तीन टेस्टको शृंखलामा २ ० ले अगाडि बढेको छ ।

पुनेस्थित महाराष्ट्रय किक्रेट संघको मैदानमा न्युजिल्यान्डले प्रस्तुत गरेको ३५९ रनको लक्ष्य पछ्याएको भारत २४५ रनमै समेटियो । भारतले तेस्रो दिन नै ब्याटिङ सुरु गरेको थियो ।

भारतका लागि यशस्वी जैसवालले ६५ बलमा ९ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ७७ रनको योगदान गरे । यसैगरी रविन्द्र जडेजाले ४२, शुभमन गिलले २३, रविचन्द्रन आश्विनले १८, विराट कोहलीले १७ र जसप्रित बुमराहले अविजित १० रन बनाए ।

न्युजिल्यान्डका लागि मिचेल स्यान्टनरले ६ अजिज खानले दुई र ग्लेन फिलिप्सले एक विकेट लिए । न्युजिल्यान्ड दोस्रो इनिङ्ग्समा २५५ रनमे समेटिएपछि भारतले २५९ रनको लक्ष्य प्राप्त गरेको थियो ।

न्युजिल्याज्डका लागि कप्तान टम लाथमले १३३ बलमा १० चौकाको मद्दतले सर्वाधिक ८६ रनको योगदान गरे । यसैगरी ग्लेन फिलिप्सले अविजित ४८, टम बुन्डेलले ४१, विल योङ्ले, ड्यारिल मिचेलले १८ र डिभोन कोन्वेले १७ रन बनाए । भारतका लागि वासिङटन सुन्दरले चार, रविन्द्र जडेजाले तीन र रविचन्द्रन आश्विनने दुई विकेट लिए ।

टस जितेर ब्याटिङ न्युजिल्यान्डविरुद्ध ब्याटिङ गर्दै रविन्द्र जडेजा । न्युजिल्यान्डले पहिलो इनिङमा २५९ रन बनाएको थियो । भारत १५६ रनमै समेटिएपछि न्युजिल्यान्डले १०३ रनको अग्रता लिएको थियो । पहिलो टेस्टमा न्युजिल्यान्ड आठ विकेटले विजयी भएको थियो । शृंखलाको तेस्रो तथा अन्तिम खेल आगामी शुक्रबारदेखि मुम्बईमा सुरु हुनेछ ।