नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक

Image

काठमाडौं । नेपाली राष्ट्रिय उसु खेलाडी विजय सिंजालीले उसु थाउलो विश्वकप २०२४ मा कांस्य पदक जितेका छन् । जापानमा चलिरहेको विश्वकपमा आइतबार बिहान उनले चेन्सुतर्फ तेस्रो स्थान हासिल गरे । विजयले ९.७६ नम्बर प्राप्त गरेका हुन् ।

९.७७ अंक प्राप्त गरेका मलेसियाका वेङ सन वोङले स्वर्ण पदक तथा घरेलु टोली जापानका मोटोयोशी अराकीले ९.७६ अंकसहित रजत पदक जितेका छन् ।

विजयले अमेरिका, मेक्सिको लगायत देशका ६ खेलाडीलाई पछि पारेका हुन् । विजयको इभेन्टमा ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा नेपालबाट सहभागी पाँच खेलाडीमा हालसम्म विजय मात्रै पदकधारी हुन् । सात सदस्यीय नेपाली टिम जापान पुगेका छ । खेलाडीमा विजयसँगै निमा घर्तिमगर, दीपक हमाल, पासाङ शेर्पा र राजीव तामाङ छन् । नेपालले आजै थप तीन इभेन्टमा प्रतिस्पर्धा गर्दैछ ।