खेल सुरु हुने बित्तिकै नेपालले गोल गरेको छ

Image

काठमाडाैं । दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको दोस्रो सेमिफाइलनमा भारतविरुद्ध नेपालले बराबरी गोल फर्काएको छ ।

रोकिएको एक घन्टापछि सुरु भएको खेलमा नेपालकी सावित्रा भन्डारी केही सेकेन्ड मै गोल गर्दै नेपाललाई बराबरीमा पुर्‍याएकी हुन् ।

भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो ।

नेपालकी प्रिति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता नपाएको हो । त्यसपछी खेल रोकिएको थियो । रोकिएको १ घन्टापछी खेल सुरु भएको थियो ।