काठमाडौ । हिजो सम्पन्न साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेश संग २-१ गोल अन्तरले पराजित भएको छ । दशरथ रंगशालामा बुधवार भएको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो।
अघिल्लो संस्करणमा पनि नेपाल बंगालादेशसँगै पराजित भएको थियो। नेपालले साफ च्याम्पियनसिपमा ६ पटक फाइनल खेलिसक्दा पनि च्याम्पियन बन्न सकेको छैन।
टीम पराजित भएपछि दोस्रो गोलरक्षक अन्जना राना मगर लेख्छिन् –
साफ महिला च्याम्पियनसिपमा फेरी एकपटक उपविजेतामै सिमित हुन पुग्दा निराश छौं । हामीले सक्दो प्रयास गर्दा गर्दै पनि उपाधि दिलाउन सकेनौं, आउने दिनमा अझ राम्रो खेलेर त्यो खडेरी तोड्नेछौं ।
यहाँहरुले दिनुभएको साथको लागि धेरै धेरै धन्यवाद । महिला फुटबललाई यसरी नै माया गरिरहनुहोला ।

















