साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकाले जनही तीन लाख दिने

Image

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख रुपैयाँ पुरस्कार दिने भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा बंगलादेशसँग २-१ पराजित भएको थियो । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालको यो छैटौं हार हो । उक्त टोलीलाई नगद पुरस्कार प्रदान गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए।

यसैगरी मुख्य प्रशिक्षकले २ लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक र चिकित्सकले जनही १ लाख २० हजार रुपैयाँ पाउने घिसिङले बताए ।