प्रतिश जिसीको सानदार बलिङमा नेपालसँग अस्ट्रेलिया पराजित

Image

काठमाडौं । प्रतिश जिसीको सानदार बलिङसँगै नेपालले हङकङ सिक्स क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। शनिबार बिहान भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो।

नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ६ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्रै बनाउन सक्यो।

अस्ट्रेलियाका लागि ज्याक उडले १५ बलमा ६ चौका र चार छक्काको मद्दतले अविजित ५५ रन बनाए । यसैगरी एलेक्स रोसले १४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि प्रतिशि जिसीले २ ओभरमा २४ रन खर्चिएर ३ विकेट लिए । लोकेश बम र विवेक यादवले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धासरत ६ ओभरमा दुई विकेट गुमाउँदै १११ रन बनाएको थियो ।

नेपालका लागि आक्रमक ब्याटिङ गरेका कप्तान सन्दीप जोराले १६ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । सन्दीप रिटायर्ड हर्ट भएका थिए ।

सन्दीप ५१ रन बनाउँदै रिटार्यट भएपछि क्रिजमा आएका विवेकले ४ बलमा २ छक्काको सहयोगमा १२ रन बनाए । लोकेशले १३ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३३ रन जोडे ।

पहिलो विकेटका लागि सन्दीप र लोकेशले ९८ रनको साझेदरी गरे । राशिद खानले २ बलमा २ छक्काको सहयोगमा नट आउट १२ रन जोडे । अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिए ।

हङकङ सिक्सेसमा नेपाल एक खेलअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको थियो । जितसँगै दुई खेलमा चार अंक जोडेको नेपाल समूह ‘बी’ को विजेता बन्यो । दुवै टोलीले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेका थिए । नेपालले आजै दिउँसो १ः३५ बजे क्वाटरफाइनल खेल्नेछ ।