आर्सनलविरुद्ध निर्णायक बन्यो अलेक्जेन्डरको हेड गोल

Image

एजेन्सी । इङ्लिस प्रिमियरसिपको शनिबार भएको खेलमा न्यु क्याशल युनाइटेडले आर्सनललाई १-० ले हराएको छ। अलेक्जेन्डर इसाकले १२ औँ मिनेटमा हेड गोल गर्दै न्यु क्याशललाई जित दिलाएका हुन्।

सुरुवातमा राम्रो खेल खेलेको आर्सनलको लय इसाकको गोलपछि बिग्रिएको थियो। आर्सनल १८ अङ्कसहित तालिकाको चौंथो स्थानमा छ।लिभरपुल पराजयसँगै तालिकाको शीर्ष स्थानमा कायमै छ।

लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको २५, दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ तथा तेस्रो स्थानमा रहेको नटिङघम फरेस्टको १९ अङ्क छ।

पाँचौँ स्थानमा रहेको अस्टनभिल्लाको १८ अङ्क छ। सोमबार अस्टन भिल्लाले टोटनहाम हस्टस्पर्ससँग खेल्ने छ। यसैगरी १७ अङ्कसहित छैटौँ स्थानमा रहेको चेल्सीले सोमबार म्यानचेस्टर युनाइटेडसँग खेल्ने छ। १० खेल खेलेको आर्सनल पछिल्ला तीन खेलमा जितबिहीन छ।