काठमाडौं । वेस्ट इन्डिजका विकेट किपर ब्याटर चाडविक वाल्टनलाई कर्णालीबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् ।याक्सले तेस्रो विदेशी खेलाडीको रुपमा वाल्टनलाई टोलीमा अनुबन्ध गरेको आइतवार सामाजिक संजाल मार्फत जनाएको छ ।
३९ बर्षिय वाल्टनले १ सय ८८ टि ट्वान्टीमा ३ हजार ५ सय ७८ रन बनाएका छन् । वाल्टनले विश्वका विभिन्न फ्रेन्चाइजी लिगको अनुभव लिइसकेका छन् ।
याक्सले विदेशी खेलाडीका रुपमा याक्सले पहिलो पाकिस्तानका अलराउन्डर हुसैन तलातलाई र दोस्रो हङकङका ब्याटर बाबर हायातलाई अनुबन्ध गरेको थियो । ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन् ।
कर्णाली याक्सको टोली : सोमपाल कामी, गुलशन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे, हुसैन तलात, बाबर हायात र चाडविक वाल्टन।

















