युएईसँग पराजित हुँदै नेपाल प्लेट सेमिफाइनलबाट बाहिरियो

Image

काठमाडौं । युएईसँग पराजित हुँदै नेपाल हङकङ सिक्स क्रिकेटको प्लेट सेमिफाइनलबाटै बाहिरिएको छ। आइतबार भएको खेलमा युएई पाँच विकेटले विजयी भएको हो।

आइतबार मिसन रोड क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य युएईले चार बल बाँकी रहँदा एक विकेट गुमाउँदै पूरा गर्यो ।

युएईका लागि कप्तान आसिफ खानले १५ बलमा ७ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी अन्स तन्डनले अविजित २३ र खालिद शाहले १५ रन बनाए । नेपालका लागि राशिद खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर ९४ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि विवेक यादवले १६ बलमा ३ चौका र ५ छक्काको सहयोगमा नट आउट ४९ रन जोडे । लोकेश बमले १० बलमा १९, प्रतिश जिशीले ४ बलमा १४ तथा कप्तान सन्दीप जोराले ४ बलमा ७ रन बनाए । युएईका लागि आकिफ राजाले २ तथा सचिंत शर्माले १ विकेट लिए ।

विजेता युएईले १ः३५ मा दक्षिण अफ्रिकासँग प्लेट फाइनलमा खेल्नेछ । कप क्वार्टरफाइनलबाट बाहिरिने टोलीलाई प्लेट सेमिफाइनल खेल्ने अवसर दिइएको थियो। त्यसमा पनि नेपाल पराजित हुन पुगेको हो।