साडियो मानेको गोलमा अल नासरको जित

Image

एजेन्सी । साडियो मानेको निर्णायक गोलमा साउदी प्रो लिगमा अल नासर क्लबले जित हात पारेको छ । प्रिन्स फैसल बिन फहाद स्टेडियममा भएको खेलमा नासरले अल रियादलाई १-० ले पराजित गर्यो । लिगको पछिल्लो २ खेलमा बराबरीमा रोकिएको नासरले अवे खेलमा जित दर्ता गरेको हो ।

नासरको जितमा मानेले ४१औं मिनेटमा गरेको गोल नै निर्णायक हुन पुग्यो । खेलमा क्रिस्टियानो रोनाल्डोले पूरा ९० मिनेट खेलेका थिए ।

जितसँगै नासर १० खेलमा २२ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलबाट १४ अंक जडेको रियाद सातौं स्थानमा छ । लिगको शीर्षस्थानमा रहेको अल हिलालको २८ अंक र अल इतिहादको २७ अंक रहेको छ ।