युएईविरुद्ध नेपालले टस हार्‍यो, यस्तो छ नेपालको प्लेईङ-११

Image

काठमाडौँ । आइसिसी यु १९ महिला विश्वकपको एसिया छनोटको खेलमा युएईविरुद्ध नेपालले टस हारेको छ । युएईको अजमानमा घरेलु टोलीकी कप्तानले टस जितेर ब्याटिङ रोजेकी छिन् । युएईले पहिले ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई १ सय ८ रनले हराएको थियो ।

दुवै टोलिको यो तेस्रो खेल हो । दुवै टोलीले थाइल्याण्ड र कुवेतमाथि फराकिलो जित हासिल गरेका थिए ।  उता, युएईले पहिलो खेलमा कुवेतलाई १ सय ६ रन दोस्रोमाले थाइल्याण्डलाई ७४ रनले पराजित गरेको थियो ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु-१९ महिला टि-२० विश्वकपका लागि छनोट हुनेछ । यु-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

नेपालको प्लेईङ-११ : 

पुजा महतो, सोनी पाख्रिन, अलिशा कुमारी यादव, ज्योत्सिका मरासिनी, कृष्मा गुरुङ, मनिशा उपाध्याय, रचना चौधरी, रिया शर्मा, सावित्री धामी, साना प्रविन र सिमाना केसी